डिपीएल नेपालको राष्ट्रिय अध्यक्षमा कार्की चुनिए

दमक ,२८ पुस । डाईनामिक पब्लिक लाईब्ररी(डिपीएल) नेपालको राष्ट्रिय अध्यक्षमा बालचन्द्र कार्की चुनिएका छन् ।झापाको कमल गाउँपालिका -५ स्थित रोडस्टार पार्टी प्यालेसमा आज भएको चौथो राष्ट्रिय महाधिवेशनले कार्कीलाई अध्यक्ष चयन गरेको हो ।एक वर्षे कार्यकाल रहने नवनिर्वाचित केन्द्रीय समितिको निर्वतमान अध्यक्षमा हेमन्त नेपाल,बरिष्ठ उपाध्यक्षमा अनु भण्डारीलाई चयन गरेको डिपीएलका सदस्य दिपक खड्कालले जानकारी दिए।
यसैगरी कार्यसमितिको उपाध्यक्षद्धयमा दिवस खतिवडा,श्रेयसी थापा, महासचिवमा महेश भण्डारी र कोषध्यक्षमा कमल गैरे चयन भएका छन् । यसैगरी महाधिवेशनले ७ जनालाई निर्देशक चयन गरेको छ । निर्देशकहरुमा जीवन सापकोटा,गणुराज गिरी,प्रवेश दुलाल,विश्वास गौतम,सरु गिरी,आयुस बाटाजु र सरु गिरी रहेको डिपीएल नेपालले जनाएको छ । सोहि अवसरमा नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई सपथग्रहण समेत गराईएको थियो ।राष्ट्रिय महाधिवेशन कोशी प्रदेशका सभामुख अमर विष्टको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । महाधिबेशनमा देशभरिका विभिन्न १० वटा शाखाबाट ५ सयका हाराहारीमा प्रतिनिधि तथा पर्यवेक्षकहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published.