मंगलमयको बार्षिकोत्सवमा सम्मान तथा पुरस्कार

दमक,२७ पुस । झापाको कमल गाउँपालिका ५ पाडाजुंगीस्थित मंगलमय माध्यमिक विद्यालयले शुक्रवार विभिन्न कार्यक्रम गरि ५२ औं बार्षिकोत्सव मनाएको छ ।विद्यालयमा आयोजित कार्यक्रममा एक कार्यक्रमका बीच विद्यालयलाई विभिन्न क्षेत्रमा योगदान पुरयाँउने संघसंस्था, उत्कृष्ठ शिक्षक,अक्षयकोष पुरस्कार ,नृत्य तथा नाटक प्रर्दशन गरि बार्षिकोत्सव मनाईएको प्रधानाध्यापक मोहन वगाले थापाले बताए ।
गाउँपालिका अध्यक्ष हुकुमसिंह राईको प्रमुख आतिथ्यतामा भएको बार्षिकोत्सव समारोहमा विद्यालयमा शौचालय निर्माण गरि सहयोग पुरयाँउने लखनपुर खानेपानी तथा सरसफाई उपभोक्ता समिति, छात्रवृति तथा खाद्यान्न उपलव्ध गराईदिने वर्कफर नेपाल , खानेपानीमा फिल्टर जडान गरिदिने इन्भाईरमेन्ट प्रोटेक्सन सेन्टर नेपाललाई सम्मान पत्र प्रदान गरियो । यसैगरि, दाता सम्मानबाट पवित्रादेवी सापकोटा, वर्ष उत्कृष्ठ अभिभावकका रुपमा मंगलमसिंह ताजपुरिया,सम्मती राई, वर्ष उत्कृष्ठ विद्यार्थीका रुपमा तुलसा बस्नेतलाई सम्मान तथा अक्षय कोष पुरस्कारबाट कक्षा १२ का नविन लामिछाने र मुना बाँनियालाई नगदसहित पुरस्कृत गरिएको थियो ।
यस्तै, उत्कृष्ठ शिक्षकका रुपमा विद्यालयका पूर्व प्रअ समेत रहेका शिक्षक ओमप्रसाद खनाल, अभिनारायण तिम्सीना, महेन्द्र घिमिरे, पुष्प ताजपुरिया, डमकुमारी राई, लक्ष्मी ढकाल, टिकादेवी आचार्य र परिचर धनबहादुर तामाङलाई समेत सम्मान प्रदान गरिएको थियो ।
विद्यालयका अध्यक्ष तिर्थवहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रअ बगालेले बार्षिक प्रतिवेदन प्रस्तुत गरे । कार्यक्रममा शिक्षा समन्वय इकाईका प्रमुख रामकुमार विक ,कमल ५ का वडाअध्यक्ष एलवी विष्ट, ६ का वडाअध्यक्ष नरेन्द्र भटटराई, ७ का वडाअध्यक्ष पृथीपति राई लगायत अभिभावक,विद्यार्थीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले गीत,नृत्यसहित नाटक पत्रु खाना समेत मञ्चन गर्नुका साथै शिक्षीकाहरुले सामूहिक नृत्य प्रस्तुत गरेर मनोरञ्जन प्रदान गरेका थिए ।
बार्षिकोत्सवकै सन्दर्भ पारेर विहिबार विद्यालयको युवा रेडक्रस सर्कलले रक्तदान कार्यक्रमको आयोजना गरेको शिक्षक ओमप्रकाश गौतमले जानकारी दिए । बार्षिकोत्सवमा युवा रेडक्रस सर्कलले बर्षेनी रगतदान कार्यक्रम गरिआएको छ ।

Leave a Reply

Your email address will not be published.