दमक ,२१ पुस । झापाको कमल गाउँपालिकास्थित कमलनगर जेसीज वर्ष २०२४ को अध्यक्षमा देवीप्रसाद दाहाल (देवु ) चुनिएका छन् । कमलनगर जेसीजको आफनै सचिवालयमा आज सम्पन्न नवौ बार्षिक साधारणसभाले दाहालको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो ।
सर्वसम्मत निर्वाचित समितिको कार्यकारिणी उपाध्यक्षद्धयमा हरी अधिकारी ,लोक बहादुर खड्का ,चार उपाध्यक्षहरुमा अशोक कार्की ,विजय खतिवडा , भुमिका चापागाईं , निशान्त सापकोटा र जनसम्पर्क अधिकारीमा मनिसा कठायत चुनिएको कमलनगर जेसीज वर्ष २०२३ का अध्यक्ष रिजु कार्कीले बताए ।
कमलजनगर जेसीजको नेतृत्व चयन गर्न छत्रपति खनाल (गोपाल) निर्वाचन आयुक्त रहेको एक निर्वाचन समिति गठन गरेको थियो ।