दमक ,११ पुस । दमक बहुमुखी क्याम्पसले आजदेखि खेल सप्ताह शुरु गरेको छ ।क्याम्पसको ४३ औं बार्षिकोत्सवका अवसरमा आजदेखि शुरु भएको खेल सप्ताहको दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले उद्घाटन गरे । क्याम्पसमा आयोजित खेल सप्ताहको उद्घाटनका क्रममा उनले अध्ययनसंगै खेलको विकासमा यस्ता प्रतियोगिताले सघाउँ पुरयाउँन जोड दिए ।
क्याम्पस प्रमुख यज्ञराज गिरी (राम ) का अनुसार क्याम्पसको बार्षिकोत्सवसहित बार्षिक कार्यक्रम अन्तर्गत आजदेखि शुरु भई १६ पुससम्म फूटवल ,भलिवल,व्याडमिन्टन,क्रिकेट लगायत विभिन्न ११ वटा किसिमका प्रतियोगितात्मक खेल सञ्चालन हुने छ । प्रतियोगितामा क्याम्पसमा अध्ययनरत विभिन्न संकायका ११ वटा समूहले भाग लिएका छन् ।खेल सप्ताहको उद्घाटन खेल क्याम्पसका प्राध्यापक,कर्मचारी र स्वतन्त्र विद्यार्थी यूनियनका बीच मैत्रीपूर्ण खेल भएको थियो ।
क्याम्पसका सदस्य समेत रहेका खेलुकद समितिका संयोजक मोहन धिमालको अध्यक्षतामा भएको खेल सप्ताह उद्घाटनमा क्याम्पसका अध्यक्ष ढुण्डीराज भण्डारी, नेपाली कांग्रेस झापाका उपसभापति शेरवहादुर भटटराई,स्ववियू सभापति सोविम न्यौपाने, क्याम्पस पदाधिकारी, सदस्यहरु, प्राध्यापक ,कर्मचारी,विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।..