घृतकौशिकहरुको गोठपूजासहित महापुराण सम्पन्न

दमक,११ पुस । घृतकौशिक गोत्रिय प्रतिष्ठान माईधाम झापाको आयोजनामा भएको श्रीमद् भागवत महापुराण तथा बन्धु मिलन कार्यक्रम सम्पन्न भएको छ ।पौष ४ गते बाट शुरु भएको उक्त महापुराण तथा बन्धु मिलन कार्यक्रम मंगलवार धान्य पुर्णिमाको दिन गोठपूजा सहित समापन गरिएको छ । पण्डित धनश्याम खनाल र हेमसागर खनालबाट कथा वाचन भएको उक्त महापुराणको समापन कोशी प्रदेशका सांसद राधाकृष्ण खनालको आतिथ्यतामा सम्पन्न भएको थियो ।
समापन कार्यक्रममा घृतकौशिक गोत्रिय प्रतिष्ठानका पूर्व अध्यक्ष बेदनिधि नेपाल,खनाल सेवा समिति झापाका अध्यक्ष तेज प्रसाद खनाल, बराल बंश प्रतिष्ठान कन्काई नगर अध्यक्ष खगेन्द्र प्रसाद बराल,सुतार कार्की बंश प्रतिष्ठान भद्रपुरका पूर्व अध्यक्ष पहलमान सुतार कार्की लगायतले शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रममा खनाल सेवा समिति झापाका सचिव ओमप्रसाद खनाल,घृतकौशिक गोत्रिय प्रतिष्ठानका उपाध्यक्ष भिम प्रसाद नेपाल , सदस्यहरु खेमराज खनाल,भास्कर नेपाल, खनाल सेवा समिति झापाका सदस्यहरु जीवन खनाल, गोविन्द खनाल, टंकनाथ खनाल, हरिमाया खनाल लगायत सयौं संख्यामा खनाल, नेपाल, बराल र सुतार कार्कीहरुको उपस्थिति रहेको थियो ।
घृतकौशिक गोत्रिय प्रतिष्ठानका अध्यक्ष चन्द्रप्रसाद खनालको अध्यक्षतामा भएको थियो भने सञ्चालन महासचिव योगराज खनालले गरेका थिए ।

Leave a Reply

Your email address will not be published.