दमक,६ पुस । सामाजिक कार्यमा सक्रिय क्लब हिमालयन टाइगर दमक शाखाले लायन्स क्लब अफ काठमाडौंको सहकार्यमा इलामको माङ्सेबुङका ५ वटा सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ ।
माङ्सेबुङस्थित सरस्वती आधारभूत बिद्यालय, जनज्योति आधारभूत बिद्यालय , दुर्गम आधारभूत बिद्यालय ,बिद्या सृजनात्मक मावि , जनता आधारभूत बिद्यालयमा दुई सय बढी विद्यार्थीहरुलाई स्वीटर प्रदान गरिएको हो ।
त्यहाँ अध्यनरत २६७ जना बालबालिकालाई ती न्यानो कपडा गरिएको क्लव हिमालयन टाइगर दमकका अध्यक्ष मेघनाथ फूयालले बताए ।उनीहरुलाई माङ्सेबुङ गाउपालिकाका अध्यक्ष हेमन्त राईले उक्त कपडा हस्तान्तरण गरेका छन् । वितरण ती कपडा करिव १ लाख मूल्य बराबरको रहेको बताईएको छ ।
बराबर को न्यानो लुगा बितरण गरिएको थियो।