चुलाचुली बोर्डिङ स्कूलमा अन्तरसदनात्मक फूटवल

दमक ,२५ मंसिर । दमक –१ स्थित चुलाचुली अंग्रेजी बोर्डिङ स्कूलमा अन्तरसदनात्मक फूटवल प्रतियोगिता सम्पन्न भएको छ । १२ वर्षदेखि १४ वर्षका जुनियर छात्रहरुको ६ टिमको सहभागिता रहेको फाइनल खेलमा प्रिजा राई सदन विजयी भएको छ । उपाधि खेलमा विजेता प्रिजा सदनले निश्मा चौहान सदनलाई हराएको थियो।
यसैगरि, १५देखि १६ वर्ष उमेर समूहको सिनियर छात्रहरुको खेलमा नेमिश चौहान सदनलाई हराउदै यूनिस भट्टराई सदन विजयी भएको छ । प्रतियोगितामा जुनियरतर्फ प्रिजा राई सदनका रोमन थापा मगर उत्कृष्ठ खेलाडी तथा उत्कृष्ठ स्कोरर घोषित भए । सिनियरतर्फ नेमिश चौहान सदनका येहाङ लावती उत्कृष्ठ खेलाडी र प्रिजा राई सदनका पावल राई उत्कृष्ठ स्कोर खेलाडीका रुपमा पुरस्कृत भए ।
खेल लिग तथा नकआउट चरणमा खेलाईएको सो प्रतियोगिताका विजेता,उपविजेता टिमलाई स्कूलका संस्थापक निर्देशक मनोज राई, प्रिन्सीपल चन्द्रप्रकाश राई,स्कूलका खेल शिक्षक समेत रहेका प्रशासकीय अधिकृत विनोद भण्डारी लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए । स्कूलले अतिरिक्त कृयाकलाप अन्तर्गत बर्षेनी सदनात्मक विभिन्न खेलकुद कार्यक्रम सञ्चालन गरिआएको छ ।

Leave a Reply

Your email address will not be published.