ख्रीष्टमसमा लोक गायक जोशीलाई सम्मान

दमक ,१ पुस । ख्रीष्टमसका अवसर पारेर दमक निवासी वरिष्ठ लोकगायक एलपी जोशी सम्मानित हुने भएका छन् ।दमक नगर इसाई समाजले ख्रीष्टमसको उपलक्ष्यमा यहि ४ पुसमा आयोजना गर्ने ख्रीष्टमस कार्यक्रममा लोक संस्कृतिकर्मी, संगीतकर्मी समेत रहेका जोशीलाई सम्मान गर्ने भएको समाजका अध्यक्ष आकाश थुलुङ राईले जानकारी दिए ।
दमकस्थित कस्मिक पार्टी प्यालेसमा हुने कार्यक्रममा समाजले दमकलाई कर्मथलो बनाएर नेपाली लोकसंगीत, लोकसंस्कृति र साहित्यका क्षेत्रमा योगदान पुर्याएको भन्दै गायक जोशीलाई सम्मान गर्ने निर्णय भएको उनले बताए ।
समाजले प्रत्येक वर्ष सामूहिक रुपमा ख्रीष्टमस मनाउदै आइरहेको छ । दमकमा ४० को हाराहारीमा चर्च मण्डलीहरु स्थापना भएर सेवारत छन् । ख्रीष्टमस कार्यक्रम सम्पन्न गर्न दमक नगर इसाई समाजका पूर्व अध्यक्ष समेत रहेका सल्लाहकार पाष्टर दावा शेर्पाको संयोजकत्वमा समिति गठन गरिएको छ ।सो
कार्यक्रममा स्थानीय मण्डलीहरुद्धारा मनोरञ्नात्मक साँस्कृतिक नृत्य टोलीहरु र कलाकार तथा गायक–गायीकाहरुले गीत प्रस्तुत गर्ने छन् ।

Leave a Reply

Your email address will not be published.