दमक,३० मंसिर । दमकका पत्रकार विष्णु सुब्बा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन ) द्धारा सम्मानित भएका छन् ।प्याव्सन दमकले आज नगरस्तरिय सांस्कृतिक कार्यक्रमका बीच सुव्वालाई प्याव्सनको क्षेत्रमा कलम चलाएवापत नगद,सम्मानपत्रसहित सम्मान गरेको हो । दुई दशक बढी समयदेखि दमकलाई कार्यथलो बनाई पत्रकारितामा क्रियाशील सुब्बा पत्रकार महासंघ कोशी प्रदेश समितिका सदस्य तथा प्रदेशवाणी डटकम अनलाइन न्यूज पोर्टलका सञ्चालक हुन् ।
उनीसहित प्याव्सनले दमकको शैक्षिक क्षेत्रमा योगदान पुरयाँएवापत प्याव्सन जिल्ला सदस्य समेत रहेका प्याव्सन दमकका संस्थापक डिल्ली चापागाईलाई समेत सम्मान गरिएको प्याव्सन दमकका उपाध्यक्ष मित्र खत्रीले बताए ।
उनीहरुलाई दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई, दमक -९ का वडाअध्यक्ष तथा शिक्षा संयोजक कुवेर भट्टराई ,प्याव्सनका प्रदेश सचिव कोषराज प्याकुरेल, सल्लाहकार एलडी राई लगायतले प्रदान गरे ।