मल्लिकद्धारा मुटु रोगी छोरीलाई बचाई दिन अनुरोध

दमक ,२० मंसिर । आर्थिक अवस्था अत्यन्तै कमजोर भएका झापा, कमल गाउँपालिका वडा न ५ मंगलवारे निवासी भिखन मल्लिकले मुटु रोगी छोरीको जीवन बचाईदिन आग्रह गरेका छन् ।
विद्यालय तथा हाटवजारमा सरसफाई मजदुरी गरिआएका उनका २३ बर्षिय छोरी मिना मल्लिकको जीवन बचाई दिन सवैसंग सहयोगका याचना गरेका हुन् ।
उनका अनुसार छोरी मिनाको जन्मजात मुटुमा प्वाल र भल्भमा समस्या रहेको थियो । आर्थिक अभावका कारण उनले हालसम्म उपचार गर्न सकेका थिएनन् । चिकित्सकले बताएअनुसार मुटुको तत्काल अप्रेसन गर्नु पर्ने भएकाले र उपचार गर्न आफनो जायजेथाले नसक्ने भएकाले देश ,बिदेशका सम्पूर्ण सहयोगी मनहरूमा अनुरोध गरिएको उनले बताए ।उनले कसैले सहयोग गर्न चाहेमा मिना मल्लिकको माछापुछ«े बैकको बचत खाता न.०६१०१०२२६५६०००११ मा जम्मा गरिदिन आग्रह गरेका छन् ।

यसैगरि, स्थानीय सगुन युवा क्लवले पनि अपिल निकालेर मुटु रोगी मिनाको उपचारका लागि सहयोगको आग्रह गरिएको अध्यक्ष देवेन्द्र आङदेम्बेले बताए । क्लवले आफनो फेसबुक पेजमा मुटुरोगी मिनाको शल्यक्रियाका लागि काठमाण्डौमा उपचाररत रहेकी र उनको उपचारमा आर्थिक अभाव भएकाले सहयोगका लागि सवैसंग अनुरोध गरिएको उल्लेख छ ।

Leave a Reply

Your email address will not be published.