प्रदेश सम्मेलन सफल बनाउनेमा जोड

दमक,१७ मंसिर । नेपाली कांग्रेस दमकका वडासभापतिहरुले आसन्न कांग्रेस कोशी प्रदेश सम्मेलनलाई सफल बनाउन जुटेका छन् । आइतवार दमकमा बैठक बसेर सम्मेलनका सन्दर्भममा छलफल गर्नुका साथैं सम्मेलन सफल बनाउन सक्रियताका साथ जुट्ने निर्णय भएको दमक ४ का सभापति राजेन्द्र सिटौलाले बताए ।
अनौपचारिक छलफलमा उनीहरुले आसन्न प्रदेश सम्मेलनका विषयमा पार्टीका नेता,कार्यकर्ताहरुवीच सहकार्य गरि सर्वसम्मत प्रतिनिधि छनौट गर्न पहल गर्ने विषयमा समेत एक भएर लाग्ने उल्लेख गरेका छन् ।
वडा सभापति सञ्जालको अगुवाईमा भएको सो छलफलमा दमकका १० वटा वडा मध्ये ८ वटा वडाका वडासभापतिहरुको सहभागिता रहेको दमक ८ कांग्रेस वडासभापति चन्द्र खत्रीले बताए । छलफलमा कांग्रेस जिल्ला सदस्य बिष्णु सुब्बा लगायतको समेत उपस्थिति रहेको थियो । झापा क्षेत्र न. ५ प्रदेश सभा ( ख) को सम्मेलन छनौटका लागि तयारी थालिएको सभापति रवि केसीले बताए ।
झापा -५ प्रदेशसभा (क) मा सवै प्रतिनिधिहरु सर्वसम्मत
यसअघि प्रदेशसभा (क) मा भने सवै प्रतिनिधिहरु सर्वसम्मत चुनिएको प्रदेश उपसभापति आत्मराम राजवंशीले बताए । जसअनुसार दुई महिलासहित ५ खुला प्रतिनिधिहरुमा किशोर पौडेल,पुण्य सिग्देल,सञ्जीव कार्की , दीक्षा कोईराला घिमिरे र विष्णुमाया बेघा ,खस आर्यतर्फ हेम बहादुर दाहाल ,खस आर्य महिलातर्फ लक्षिमादेवी चिमरिया र आदिवासी जनजातितर्फ बदीराम राई चुनिएका छन् ।
कांग्रेस प्रदेश समितिले यहि २५ गते भित्रमा प्रदेश सम्मेलनमा सहभागि हुने प्रतिनिधिहरुको नामावली पठाउन परिपत्र गरेको छ ।

Leave a Reply

Your email address will not be published.