जेम्सकी इन्सानी देशकै प्रतिनिधित्व गदै भारतमा

दमक,१६ मंसिर । दमक -८ स्थित झापा मोडल अंग्रेजी बोर्डिङ स्कुल (जेम्स ) की विद्यार्थी ईन्सानी खतिवडाले देशकै प्रतिनिधित्व गदैं भारतमा शुरु भएको युवा आदान प्रदान कार्यशाला गोष्ठिमा सहभागि भएकी छन् ।
कक्षा १० मा अध्ययनरत मेघावी इन्सानीले भारतको दिल्लीमा मंसिर १४ देखि २५ गतेसम्म सञ्चालन हुने अन्तराष्ट्रिय स्तरको कार्यशालामा सहभागि हुने अवसर पाएकी हुन् ।
राष्ट्रिय सेवा दलले आयोजना गरेको प्रतिस्पर्धात्मक विविध विधाहरूमध्ये वक्तृत्वकला प्रतियोगितामा सहभागी १५ ओटा जिल्लाका प्रतिस्पर्धीहरुलाई उछिन्दै प्रथम स्थान हासिल गरेकी थिइन् । यसअघि समेत जेम्सकी एक विद्यार्थीले सोहि अवसर पाएकी थिइन् ।
विद्यालयले इन्सानीले मित्रराष्ट्र भारतमा सञ्चालन हुने युवा आदान प्रदान कार्यक्रममा आफ्नो देशलाई प्रतिनिधित्व गर्दै सहभागी हुन छनौट भएकीमा बधाई दिदै उनको सफलताको शुभकामना दिईएको स्कूलका प्रिन्सीपल सागर श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published.