दमकमा योग समितिद्धारा रक्तदान, ४६ पिन्ट रगत संकलन

दमक ,५ मंसिर । दमकमा आज आयोजना गरिएको रक्तदानमा ४६ पिन्ट रगत संकलन भएको छ । पताञ्जली योग समितिले आज विहान स्थानीय गणतन्त्र चौंकमा आयोजना गरेको रक्तदानमा १४ महिलासहित ४६ जनाले रगतदान गरेका हुन् ।
पताञ्जलीका केन्द्रीय युवा संयोजक योगनाथको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा दमक उद्योग वाणिज्य संघ लेखा समितिका सदस्य पदम राउत, दमक बहुमुखी क्याम्पसका सदस्य देउकुमार नेम्बाङ,दमक ९ का पूर्व वडा सदस्य सविन रिजालसहित आयोग योग समितिका पदाधिकारी, सदस्यहरु, सर्वसाधारणहरुले रगतदान गरेको योग समिति दमककी सचिव समेत रहेकी कार्यक्रम संयोजक रक्षा सुवेदीले बताईन् । रक्तदाता रिजालको यो ८३ औं पटकको रगतदान हो । रगतदान सचिव सुवेदीले रगत दिएर शुभारम्भ गरिएको थियो ।
चाडपर्वका समयमा रगतको अभाव हुन नदिन योग समितिले खुला रक्तदान कार्यक्रम गरिएको उनले बताईन् ।
नेपाल रेडक्रस सोसाईटी दमक उपशाखाको रक्तसञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा भएको थियो भने योग समितिले आउने दिनमा समेत यस किसिमको सामाजिक कार्यलाई निरन्तरता दिईने पताञ्जली योग समितिका अध्यक्ष दुर्गा भण्डारीले बताईन् ।
कार्यक्रममा सामाजिक ब्याक्तित्व ,गणेश गौतम , दमक जेसीजका पूर्व अध्यक्ष सञ्जिब बराल ,रक्तसञ्चार सेवा केन्द्र दमकका प्रमुख सिदार्थ दाहाल ,भरत खाती ,देउकुमार लिम्बू लगायतको उपस्थिति रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published.