दमक,२४ कार्तिक । दमक उद्योग बाणिज्य संघले आज दमक -१० स्थित सेतुमारी बजारको फोहोर ब्यबस्थापनका लागि सहयोग सामाग्री उपलब्ध गराएको छ ।संघले सेतुमारी बजारको फोहोर व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले चार थान डस्बिन उपलब्ध गराएको हो । सो सामाग्री संघका वरिष्ठ उपाध्यक्ष राजु खडका ,लेखा समिति सदस्य केशव राउत समेतको उपस्थितिमा सेतुमारी बजार ब्यबस्थापन समितिका अध्यक्ष रामकुमार श्रेष्ठलाई हस्तान्तरण गरिएको हो । साप्ताहिक रुपमा हरेक विहिबार लाग्ने हाट असोज अन्तिमदेखि सञ्चालनमा आएको थियो ।
दमकचौक तथा वजारदेखि करिव ५ किलोमिटर दक्षिणमा अवस्थित यस वजार सञ्चालनमा आएपछि स्थानीयले दैनिक उपभोग्यदेखि खसीबाख्रा समेत गाउँघरमै किनबेच गर्न सुविधा पाएका छन् । वजारले विस्तारै गति लिदै गएको स्थानीयको भनाई छ ।
सहयोग सामाग्री हस्तान्तरणमा वजार समितिका उपाध्यक्ष नगेन्द्रमणी न्यौपाने, सहसचिव कृष्ण सुवेदी समेतको उपस्थिति रहेको थियो ।