कारको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

बिर्तामोड ,२४ कार्तिक । कारको ठक्करबाट झापाको बिर्तामोड– २ स्थित चारपाने चोकमा आज बिहान एक जना पैदलयात्रीको मृत्यु भएको छ ।बिहान ५.४५ बजेको पूर्वबाट पश्चिमतर्फ आउदै गरेको प्रदेश १ –०१–००१ ज ३७६० नम्बरको इलेक्ट्रिक कारले पैदलयात्री बिर्तामोड- २ का ५५ वर्षीय गंगाप्रसाद राजवंशीलाई ठक्कर दिएको थियो ।

ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको र प्रहरीले दुर्घटनामा संलग्न गाडी र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.