दमक ,२३ कार्तिक । झापा ५ नेपाली कांग्रेस महासमिति सदस्य निर्वाचनमा ५ सय मतगणनामा हुकुमसिंह राईले अग्रता लिदैआएका छन् । सार्वजनिक मतपरिणाम अनुसार राईले २५९ मत ल्याएर खुल्ला ५ सदस्य मध्ये अग्रता लिएका हुन् ।
त्यसैगरि, सुरेश सुब्बा २५०,सत्यनारायण चौधरी २०४,मेदनी सिटौला २३३,राजन बहादुर ढुङ्गाना १८०, टिकाराज सापकोटा २२२, हेमन्त कार्की २२२, रोहित शाह २४४, अनिल कृष्ण प्रसाईं २४६ र अम्बर बहादुर बराईलीले ५९ मत पाएका छन् । आज भएको महासमितिको निर्वाचनमा कुल ७ सय ३२ मत मध्ये ६ सय ९१ मत खसेको थियो ।
खुल्ला तर्फका पाँचसहित विभिन्न क्लष्टरबाट समेत गरी कूल ११ जना महासमिति सदस्यका लागि ११ पदका लागि २१ जनाको उम्मेदवारी परेको थियो ।