झापा, १९ कात्तिक । झापाको चारआलीस्थित अरिदमन गणका एकजना सैनिक जवान मृत फेला परेका छन् ।गणका सैनिक जवान २१ वर्षीय गौरव रिजाल व्यारेकको शौचालयमा आज बिहान ७ बजेतिर झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् । उनी पाँचथर फाल्गुनन्द गाउँपालिका निवासी हुन् । घटनाका बारेमा अनुसन्धान गर्न प्रहरी टोली खटाइएको प्रहरी स्रोतले जनाएको छ ।