दमक,१५ कार्तिक । आगलागीबाट घरवार गुमाएकी झापा, कमल गाउँपालिका वडा न.४ एकता टोल निवासी लीला राईको परिवारलाई रेडक्रसले राहत सामाग्री प्रदान गरेको छ ।दुई दिन अघि करिव राती १ बजे तिर काठको घरमा आगालागी हुदाँ घरवारविहीन भएका राईको परिवारलाई नेपाल रेडक्रस सोसाईटी कमल उपशाखाले राहत सामाग्री प्रदान गरेको हो ।
विद्युत सर्ट भई उनको घरमा आगलागी भएको बुझिएको छ ।मंगलवार पीडितको घरैमा पुगेर वडाअध्यक्ष चन्द्र भट्टराई,रेडक्रस पदाधिकारी तथा सदस्यहरुको उपस्थितिमा भाडावर्तन लगायतका राहत सामाग्रीहरु हस्तान्तरण गरिएको सचिव पारषमणि राईले बताए ।