पथरी ,१३ कार्तिक । मोरङ्गको पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेटमा गोर्खा लिजेण्डले बुद्ध युनाइटेडलाई पराजित गरेको छ । सोमबार भएको लिगको दोश्रो खेलमा गोर्खाले बुद्धमाथि ६७ रनको जित निकालेको हो ।
गोर्खाले दिएको १सय ६३ रनको लक्ष्य पछ्याएको वुद्ध १७ ओभर ५ वलमा ९६ रनमा समेटियो । बुद्धलाई सस्तैमा समेटन गोर्खाका कुमार खडकाले ५ विकेट लिए ।बुद्धका लागि सतिस यादबले सर्वाधिकर २७ रनको योगदान गरे । त्यस्तै भुपेन राईले २१ रन बनाउन बाहेक अन्य ब्याष्टमेनले दोहोरो अंकको रन जोडन सकेनन् ।बलिङ तर्फ गोर्खाका फडिन्द्र पौडेलले २ विकेट लिदा ज्ञानु श्रेष्ठ र आभाष पाहिमले एक एक विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको गोर्खाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६सय ३ रनको सम्माजनक योगफल बनाएको थियो ।गोर्खाका लागि कुमार खडकाले ४५ रनको योगदान दिए । गोर्खाका योगेश श्रेष्ठले २५,समित राईले १७ र ज्ञानु श्रेष्ठले १८ रनको योगदान गरे । यता बुद्धका लागि समिर कार्कीले ३ बिकेट लिए । त्यस्तै भुपेन राईले २ र सतिस यादव,द्रोर्ण जंग वस्नेत र रोहन गहतराजले समान एक विकेट लिए । आजको जितसँगै गोर्खाले लिगमा ४ अंक बनाएको छ।
मंगलवारको पहिलो खेल सातवाघ र आइतवारे अस्त्र र दोश्रो खेल विरेन्द्रनगर र बुद्ध युनाइटेड वीच हुने छ ।