दमक,१२ कार्तिक । दमकका अग्रज कवि प्रकाश बुढाथोकीको कबिता संग्रह “भुइँकुईरो” नामक कविता संग्रह लोकापर्ण गरिएको छ । बरिष्ठ गीतकार शिवशंकर थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कवि बुढाथोकीका नातिनिद्वय अनन्या बुढाथोकी र नुरश्री थापासहित प्रमुख अतिथि थापाले संयुक्त रुपमा कृतिको लोकापर्ण गरे । शनिवार कस्मिक पार्टी प्यालेसमा भएको कविता संग्रह लोकापर्ण कार्यक्रममा बिमोचित कबिता संग्रहको युवा कवि दिपा दाहाल, समालोचक कृष्ण बराल र कवि तथा गजलकार केशब आचार्यले परिचर्चा गरेका थिए । कदम थिएटरले प्रकाशन गरेको कविता संग्रह लोकापर्ण कार्यक्रम थिएटरका अध्यक्ष कलाकार हेमन्त बुढाथोकीको अध्यक्षतामा रहेको थियो । कार्यक्रममा कविता संग्रहका सम्पादक बरिष्ठ पत्रकार राजेश ढुंगानाले कविता संग्रहमा रहेका कविताहरुले समाजको वास्तविकता चित्रण गरेृको उल्लेख गरेका छन् ।
कार्यक्रममा नयाँ पुस्ताका कविहरु सपना लिम्बू र नविन प्राचिनले “भुइँकुईरो” कविता संग्रहबाट एक, एक वटा कविता वाचन गरेका थिए ।३५ वटा कविता रहेको “भुइँकुईरो” कविता संग्रह विमोचन कार्यक्रममा कवि बुढाथोकीले आफुले लेखेका कविताहरुको लेखनीका बारेमा जानकारी गराएका थिए भने कार्यक्रममा साहित्यकारहरुको उल्लेखीय उपस्थिति रहेको थियो ।