देश बनाउन हामी सबैको संकल्प आवश्यक :उपसभामुख मगर

दमक,९ कार्तिक । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरले देशलाई समृद्धि र विकासका लागि हामी सबैले एक जुट भएर अघि बढ्नु पर्ने बताएकी छन् ।दमकका सामाजिक व्यक्तित्व शिव साह निवासमा विहिबार विहानसञ्चारकर्मीहरुसंग कुराकानी गदैं उपसभामुख मगरले देशलाई विकासका लागि दलीय तथा व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर अघि बढ्नु पर्ने औल्याइन् । देश निर्माणमा हरेक नागरिकको भूमिका हुनुपर्ने उल्लेख गदै उनले अव पनि देश निर्माणमा ढिलाई भए देशले मात्र नभएर हामी सवै नेपालीनै पछि पर्ने दिन टाढा नभएको स्पष्ट पारिन् ।
देशप्रतिको माया, लगानी हुनसकेमात्र देशमा समृद्धि र परिवर्तन संभव हुने भन्दै त्यसका लागि हामी सबैको साझा स्वार्थ हुनुपर्ने उनको धारणा थियो ।
एक प्रसंगमा देशमा भईरहेको राजनीतिक कार्यशैली अपेक्षाकृत सुधार हुन नसकेकोमा उनको असन्तुष्ट थियो । उनले भनिन्, –‘ यो व्यवस्थाले यतिका वर्ष वितेपनि देशमा समग्र सुधार हुन नसक्नु चिन्ताको विषय हो , यसमा सवैको ध्यान जानु पर्छ ’गृह जिल्ला झापादेखि काठमाण्डौ फर्किने क्रममा उनले देश निर्माणमा सवै दल, व्यक्ति,नागरिक समाजको साझा राष्ट्रिय संकल्प खाँचो छ , यसमा सवै जिम्मेवार हुनुपर्ने समय आईसकेको उल्लेख गरिन् ।

Leave a Reply

Your email address will not be published.