दमक क्याम्पसमा सञ्चालक तथा सल्लाहकार समिति विस्तार

दमक, २ कार्तिक । दमक बहुमुखी क्याम्पस सञ्चालक समितिलाई पूर्णता दिईएको छ ।क्याम्पस सञ्चालक समितिका अध्यक्ष ढुण्डीराज भण्डारीको अध्यक्षतामा बुधबार वसेकोे वैठकले क्याम्पस विधान अनुसार छ जनालाई सञ्चालक समिति सदस्यमा मनोनयन गर्नुका साथै १३ सदस्यीय एक सल्लाहकार समिति गठन गरिएको सदस्य सचिव समेत रहेका क्याम्पस प्रमुख  यज्ञराज गिरीले जानकारी दिए ।
सञ्चालक समितिको सदस्यमा मनोनित हुनेहरुमा पूर्व सांसद महेन्द्रकुमारी सुव्वा,वासुदेव भट्टराई, धिरेन लावती, हरि नेपाल, गेहनाथ पोख्रेल र हेम सुवेदी रहेका छन् ।
यसैगरि इन्द्रबहादुर वुढाथोकी संयोजक , पदम जवेगु सहसंयोजक र विक्रम अधिकारी,यमबहादुर लोरिङदेन,पर्शुराम रिजाल,रोशन विष्ट, भेषराज भट्टराई,विजय वराल,गिता अधिकारी,शान्तिराम सुव्वा,दुर्गा चम्लागाई,हरि लामा ,इन्द्रमान चाम्लिङ र लोमनाथ भण्डारी सदस्य रहेको एक सल्लाहकार समिति गठन गरिएको क्याम्पस प्रमुख गिरीले बताए ।

Leave a Reply

Your email address will not be published.