सहकारीका सञ्चालक तथा कर्मचारीका लागि क्षमता अभिबृद्धि तालिम

दमक,२८ असोज । दमक- ८ स्थित राष्ट्रिय बहुमुखी सहकारी संस्थाले आफना सञ्चालक समिति तथा कर्मचारीका लागि आइतवार एक दिने सहकारी सम्बन्धी क्षमता अभिबृद्धि तालिम सञ्चालन गरेको छ ।
स्थानीय केविआर होटलमा आयोजित तालिममा संस्थाका सञ्चालक समिति,लेखा समिति, विभिन्न उपसमितिका पदाधिकारी तथा सदस्यहरु,कर्मचारीहरु लगायतको सहभागिता रहेको थियो ।
संस्थाको शिक्षा तथा तालिम उपसमितिका संयोजक दिपेन बाला राईको अध्यक्षता तथा संस्थाका अध्यक्ष एलडी राईको प्रमुख आतिथ्यतामा भएको तालिममा प्रदेश सहकारी निमित्त रजिष्ट्रार हरीबहादुर खत्री ,अधिकृतद्धय मनोज कार्की र अधिकृत मनोज भट्टराईले सहकारी, सहकारीका ऐन,कानुनका विषयमा सहजीकरण गरेका थिए । तालिममा सहभागिहरुलाई संस्थाका अध्यक्ष राईसहित प्रशिक्षकहरुले प्रमाणपत्र प्रदान गरेका व्यवस्थापक लिलाराज तुम्बापोले बताएका छन् ।

Leave a Reply

Your email address will not be published.