क्याम्पामा रक्तदान ,१८ पिन्ट रगत संकलन

कमल,२५ असोज । झापाको कमल गाउँपालिकाको क्याम्पामा आयोजित रक्तदानमा १८ पिन्ट रगत संकलन भएको छ ।कमल गाउँपालिकाको स्थानीय तह संघर्ष समितिको आयोजनामा विहिबार पालिकाको कार्यालयमा भएको खुला रक्तदानमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्य, लेखा अधिकृत सिर्जना राई सहितका कर्मचारीहरुले रक्तदान गरेका थिए ।
गाउँपालिका संघर्ष समितिकी सदस्य रिता सुवेदीका अनुसार आन्दोलनलाई थप रचनात्मक बनाउनका लागि रक्तदान कार्यक्रम गरिएको हो ।
असोज १७ गतेदेखि निरन्तर पेन डाउनमा उत्रिएका कर्मचारीले आन्दोलनकै कार्यक्रम अन्तर्गत रक्तदान गरेका हुन् । कर्मचारीहरुले गाउँपालिकामा धर्ना बसेर सेवा प्रवाह बन्द गरेका छन् ।
कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिङ राईको प्रमुख आतिथ्यता तथा नेपाल रेडक्रस सोसाईटी दमक उपशाखाको रक्तसञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रम नेरेसो कमल उपशाखाको समन्वयमा भएको रेडक्रस कमलका सचिव पारषमणि राईले बताए ।

Leave a Reply

Your email address will not be published.