झापामा महेश बस्नेत सहभागी कार्यक्रमका गाडी तोडफोड

झापा, २५ असोज । झापामा नेकपा एमाले नेता महेश बस्नेत सहभागी एक कार्यक्रम चलिरहेको बेला पार्किङमा राखिएको एमाले नेता तथा कार्यकर्ताको गाडी फुटाइएको छ।पहिचानवादीको भेलामा दुर्गा प्रसाईँका कार्यकर्ता मिसिएर अर्जुनधारामा भएको राष्ट्रिय युवा संघ नेपाल अर्जुनधारा नगर कमिटीको अधिवेशनको क्रममा गाडी तोडफोड गरिएको हो।

महेश बस्नेतले भाषण गरिरहेका बेला बाहिर रोकेर राखिएको एक दर्जन जति गाडी तोडफोड भएको प्रत्यक्षदर्शीले बताए ।गाडी फुटाउने समूहको अगुवाइ गर्ने दुर्गा प्रसाईँनिकट विक्रम सुब्बा पक्राउ परेका छन् । सुब्बाले प्रसाईँलाई कालोमोसो दलिएपछि विर्तामोडमा जुलुससमेत निकालेका थिए।

Leave a Reply

Your email address will not be published.