असोज २९ देखि कमलमा वडास्तरिय फूटवल प्रतियोगिता

दमक,२१ असोज । झापाको कमल गाउँपालिकामा यहि असोज २९ देखि वडास्तरिय नकआउट फूटवल प्रतियोगिता हुने भएको छ ।वडादर्शै,तिहार तथा छैठ पर्व-२०८० को अवसर पारेर अघिल्ला वर्षझै यसवर्ष पनि वडास्तरिय फूटवल प्रतियोगिताको आयोजना गरिने भएको आयोजक संस्था खेलकुद विकास समिति कमलले जनाएको छ ।
समितिले आज केर्खामा पत्रकार सम्मेलन गरि प्रतियोगिताका तयारी लगायतका विषयमा जानकारी गराएको हो । प्रतियोगिता कमल -७ विष्णुकठठास्थित सिंहदेवी आधारभूत विद्यालयको खेलमैदानमा सञ्चालन हुने छ ।
समितिका अध्यक्ष चन्द्रवहादुर मगरका अनुसार प्रतियोगिता २९ असोजमा शुरुभई कार्तिक ४ गते समापन हुने छ । प्रतियोगितामा कमलका ७ वटै वडाको सहभागि रहने आयोजक खेलकुद विकास समितिका सहसंयोजक तेजकुमार राईले जानकारी दिए ।
चौथो संस्करणका रुपमा रहेको यस प्रतियोगिताका विजेताले नगद ४० हजार, उपविजेताले नगद २५ हजार,ट्रफि तथा प्रमाणपत्र प्राप्त गर्ने उनले बताए । वडातहमा फूटवल खेलको विकास गर्ने उद्देश्यले सञ्चालन हुदैआएको यस प्रतियोगिता विगतमा कोभिडका कारण दुई वर्ष स्थगित भएको थियो । कोभिड पछि यसवर्ष पुनः फूटवल प्रतियोगितालाई निरन्तरता दिईएको आयोजक खेलकुद विकास समितिका अर्का सहसंयोजक सुदिप थुलुङले जानकारी दिए ।प्रतियोगितामा सर्वाधिक गोलकर्ता, उर्वोत्कृष्ठ गोलरक्षक,म्यान अफ दि म्याच, सर्वोत्कृष्ठ खेलाडीलाई नगद, ट्रफि तथा प्रमाणपत्रद्धारा पुरस्कृत गरिने छ ।
कमल गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालन हुने सो प्रतियोगिता भव्यताका साथ सम्पन्न गर्न रु ३ लाख ५० हजार खर्च लाग्ने आयोजक समितिका सदस्य विक्रम निरौलाले बताएका छन् ।
सोहि अवसरमा प्रतियोगिताको खेल तालिका समेत सञ्चारकर्मीहरुको उपस्थितिमा सार्वजनिक गरिएको थियो । जसअन्तर्गत प्रतियोगिताको उद्घाटन खेल कमल १ र २ का बीच प्रतिष्पर्धा हुने छ भने ३० गते डा न. ५ र ७ वीच , १ गते वडा न. ३ र ४ बीच पहिलोचरणका खेल हुने छन् । पत्रकार सम्मेलनमा आयोजक संस्थाका पदाधिकारी,सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published.