अन्तर हस्पिटल फुटसलको उपाधि निम्सलाई

दमक,२० असोज । दमकको निम्स नेशनल हस्पिटलले प्रदेशस्तरीय अन्तर हस्पिटल फुटसल प्रतियोगिताको उपाधि जितेको छ । दमक ५ स्थित विस्ट फुटसल मैदानमा आज भएको फाइनल खेलमा विर्तासिटी हस्पिटल विर्तामोडलाई हराउँदै निम्स नेशनल हस्पिटलले उपाधि कब्जा गरेको हो । उपाधिसँगै निम्सले नगद ३० हजार रुपैयाँ राशी , शिल्ड र ट्रफी हात पारेको छ भने उपविजेता विर्तासिटीले नगद २० हजार रुपैयाँमा चित्त बुझाएको छ ।
त्यस्तै उत्कृष्ट खेलाडीको उपाधि विर्तासिटीका पिताम्बर निरौला , सर्वाधिक गोलकर्ताको उपाधि निम्सका निरज बोहोरा र उत्कृष्ट गोलरक्षकको उपाधि विर्तासिटीका असिम भट्टराईले जितेका छन् ।
दमकस्थित सीटिसि फिजियोथेरापी , विकास एडभरटाईजीङ्ग एजेन्सी र रोपाना वेल्नेस सेन्टरको संयुक्त आयोजनामा भएको फुटसल प्रतियोगिताको फाइनल खेलमा दमक नगर खेलकुद बिकास समितिका अध्यक्ष भिमराज चौंलागाइँको प्रमुख आतिथ्य रहेको थियो ।
विजेता तथा उपविजेता टिमलाई प्रमुख अतिथि चम्लागाइँ, आयोजक मध्येको विस्ट फैक्ट्रीका सञ्चालक विपिन सुवेदी, आयोजक समितिका संयोजक विनोद भट्टराईले पुरस्कार हस्तान्तरण गरेका थिए ।
प्रतियोगितामा कोशी प्रदेश अन्तर्गतका विभिन्न जिल्लाबाट एक दर्जन टिमले भाग लिएका थिए ।
सो प्रतियोगिताको फाइनल खेल हुनुअघि पत्रकार टिम र आयोजक टिमबीच मैत्रीपूर्ण खेल भएको थियो । सो खेलमा आयोजकले पत्रकार टिममाथी जित हासिल गरेको थियो ।
अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्य कर्मचारी तथा अस्पताल व्यवस्थापन र सञ्चालकहरु समेत प्रतियोगितामा खेलाडीका रुपमा सहभागी भएका थिए । प्रथम पुरस्कारको व्यवस्था जिके प्रिन्ट दमकले र द्धितीय पुरस्कार सौर्य दमक अस्पतालले सौजन्य गरेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published.