झापा,१६ असोज । झापाको कन्काईस्थित कोटीहोम धार्मिक विकास संस्थाको अध्यक्षमा समाजसेवी शेरबहार थापा निर्वाचित भएका छन् । आज साझ सम्पन्न मत परिणाम अनुसार अध्यक्षका प्रत्यासी उम्मेद्वार नरेन्द्रप्रसाद फुयाँललाई १४७ मत अन्तरले पराजीत गर्दै थापा अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षमा निर्वाचित थापाले ५२३ मत ल्याउँदा अध्यक्षका प्रतिष्पर्धी फुयालले ३७६ मत प्राप्त गरे ।
त्यस्तै महासचिवमा थापा समूहबाट उम्मेदवार बनेका दिनानाथ खतिवडाले ४३५ मत ल्याएर बिजयी हुँदा उनका प्रतिष्पर्धी कृष्णप्रसाद घिमिरेलले ४२२ मत प्राप्त गरेका छन् ।
यता पदाधिकारीमा बरिष्ठ उपाध्यक्षमा निर्मल खतिवडाले (४८२ ) , धार्मिक उपाध्यक्षमा प्रकाश थापा (४८१) , पर्यटन उपाध्यक्षमा अम्बिका खरेलले (४९४) , सचिवमा यामनाथ खतिवडा (४७९) , कोषाध्यक्षमा मानबहादुर पौडेलले (४८९) प्राप्त गर्दै निर्वाचित भएका छन् ।
कूल मतदाता ११२८ रहेको सो संस्थामा ९२६ मत खसेको निर्वाचन आयुक्त हरिप्रसाद तिम्सिनाले बताए ।
कोटीहोम धार्मिक विकास सस्थाको निर्वाचनमा यहाँका एमाले, कांग्रेस, माओवादी, राप्रपा, नेकपा एस लगायातका सबै दलहरु एकातिर र थापाको प्यानल अर्कातिर चुनावी मैदानमा थिए ।