झापा, मोरङ्ग र उदयपुरमा राई खेलकुद संघ

दमक,१५ असोज । झापामा किरात राई खेलकुद संघ गठन गरिएको छ । संघले देशभरि आफनो सञ्जाल विस्तार गर्ने क्रममा झापामा पनि गणेश राईको अध्यक्षतामा संघको जिल्ला समिति गठन गरेको हो ।संघका केन्द्रीय अध्यक्ष सञ्जयकुमार राईको प्रमुख आतिथ्यता तथा किरात राई यायोक्खा झापाका सचिव सुसन राईको विशिष्ट आतिथ्यतामा भएको जिल्ला कार्यसमिति गठन गरिएको नवनिर्वाचित अध्यक्ष गणेश राईले बताएका छन् ।
यसैगरि, संघले मोरङ्ग र उदयपुरमा पनि जिल्ला समिति गठन गरिएको जनाएको छ ।आइतबार मोरङको पथरीशनिश्चरे नगरपालिका—१ स्थित साकेला थानमा भएको पहिलो जिल्ला भेलाले रबिन्द्र राईको अध्यक्षतामा जिल्ला समिति चयन गरेको हो । उपाध्यक्षहरुमा दीपक राई, ईन्द्र राई, बिकी राई, राजकुमार राई , सचिवमा आतेजङ राई, सहसचिवमा थिलेन राई र कोषाध्यक्षमा अनु राई सर्बसम्मत चुनिएका छन् ।
यसैगरि,सदस्यहरुमा लक्ष्मी राई, आकाश राई, रबिन राई, एलन राई, भीषण राई, विवेक राई, कैलाश राई, दीपककुमार राई, अभिषेक राई लगायत रहेका छन् ।उदयपुरमा गठित समितिको अध्यक्षमा मेघराज राई, उपाध्यक्षमा कविता राई ,सचिवमा आशिष राई ,सहसचिवमा साजन राई र कोषाध्यक्षमा नुमा राई चुनिएका छन् ।
समितिको सदस्यहरुमा आशिष पुमा राई , निशु राई, मक्सद राई,योगेश राई, सुजन राई, जीवन नाछिरिङ राई, मिलन राई,निहांग राई, दिप राई,कृति र रेनुका राई चुनिएका छन् ।

Leave a Reply

Your email address will not be published.