दमक,१३ असोज । दमक -६ स्थित विश्वासिलो बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः असिम राई चुनिएका छन्। संस्थाको आज सम्पन्न १२ औं वार्षिक साधारण सभाको निर्वाचनबाट दोस्रो कार्यकालका लागि उनी अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । निर्विरोध निर्वाचित सञ्चालक समितिको उपाध्यक्षमा सम्झना साँवा लिम्वू ,सचिवमा सुमन कुमार राई र सदस्यहरुमा अनिता तामाङ्ग,नारायण प्रसाद खरेल,निर्मला लावती र युवराज दंगाल चुनिएको निर्वाचन समितिका संयोजक अनिलदेव राईले जानकारी दिए । त्यसैगरी साधारण सभाले खेमराज पौडेलको संयोजकत्वमा कविता फागो र माया राई सदस्य रहेको तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति समेत निर्विरोध निर्वाचित भएको निर्वाचन समिति संयोजक राईले बताए ।
उत्कृष्ठ कारोवारी सदस्यहरु पुरस्कृत
सहकारीले संस्थामा कारोवार गर्ने मध्ये विभिन्न विधामा उत्कृष्ट हुने १३ जना शेयर सदस्यहरुलाई पुरस्कृत गरेको छ । उत्कृष्ट शेयर सदस्यहरुमा मनिकुमार सारु मगर,विशाल सिटौला,युवराज पाठक,सुखमति लिम्वू,टिकाराम भण्डारी ,अनिता विश्वकर्मा र वाल बचतकर्ता मिहाङ राई लगायतलाई पुरस्कृत गरिएको हो ।
यसैगरि, संस्थामा उत्कृष्ट शेयरका रुपमा विक्रम सुब्बा ,रजिन राई ,देवेन्द्र चेम्जोङ्, रुपा सेलिङ, सरिता कुमारी चौधरी र गंगा राई लगायतलाई पनि सम्मान गरिएको सञ्चालक समितिका सदस्य हरि प्रसाद दाहालले बताए ।सभामा उत्कृष्ट कर्मचारीका रुपमा आनन्द धिमाललाई पुरस्कृत गरेको थियो ।
दमक -६ का वडाअध्यक्ष टेक बहादुर थापाको प्रमुख आतिथ्यतामा भएको सभामा संस्थाका अध्यक्ष असिम राईद्धारा सञ्चालक समितिको प्रतिवेदन र लेखा समिति संयोजक पौडेलले प्रस्तुत गरेको लेखा प्रतिवेदन छलफल पछि सुझाव सहित पारित गरिएको थियो ।
उत्कृष्ठ शेयर सदस्यहरुलाई पुरस्कृत तथा सम्मान प्रदान गदैं वडाअध्यक्ष थापाले सहकारीमा शेयर सदस्यले अनिवार्य रुपमा थोरै भए पनि बचत गरे बानीले मात्र सहकारी संस्था र शेयर सदस्यको प्रगति हुने जोड दिए । कार्यक्रममा समता कृषि सहकारी संस्था दमकका अध्यक्ष शान्ति राम भटराई, लगायतले सहकारीका विषयमा बोलेका थिए।