लाइसेन्स भाडामा लगाउदा फर्मासिस्ट पेशा बदनाम

विराटनगर,९ असोज । दक्ष फर्मासिस्टहरु गुणस्तरिय स्वास्थ्य प्रणालीका खम्बा भएकोले कसैले पनि आफनो लाईसेन्स भाडामा लगाउन नहुने विज्ञ शिक्षक , अध्यनरत बिद्यार्थीहरुले गुनासो गरेका छन् । मनमोहन प्राविधिक विश्वविद्यालयको मेडिकल एण्ड एप्लाईड हेल्थ साईन्स स्कुल अन्र्तगत स्नातक तहमा बीफार्मेसी अध्यन गरिरहेका बिद्यार्थी र विज्ञ शिक्षकहरुले विश्व फर्मासिस्ट दिवसको अवसरमा आयोजित कार्यक्रममा लाइसेन्स भाडामा लगाएर औषधी बेचबिखन गर्दा सिँगो पेशा बदनाम भैरहेको गुनासो गरेका हुन् ।
उनीहरुले देशमा दक्ष फर्मासिस्टहरुको माग उच्च भएकोले उच्च तहको शिक्षामा सबैको पहुँच हुनुपर्नेमा बताएका छन् ।

फार्मासिस्ट तथा मनमोहन प्राविधिक विश्वविद्यालयका फार्मेसी विभाग प्रमुख शाहीविजय रिजालले विना दक्षता र ज्ञान नभएकाहरुले गर्दा फर्मेसी पेशा बदनाम भैहरकोले अनुगनमन गरि बिकृती नियन्त्रण गर्नुपर्नेमा जोड दिए । उनले फार्मेसीको लाइसेन्स भाडामा लगाउनुभनेको चिकित्सकले नपढेकोलाई लाइसेन्स भाडामा लगाएर उपचार गराई विरामीको ज्यान लिनुसरह हो भने । विभागिय प्रमुख रिजाललले पढेलेखेका दक्ष औषधी विज्ञहरुले पर्दा पछाडीको हिरो बनेर काम गर्नुपर्नेमा जोड दिए ।
रजिष्ट्रार डा दिलनाथ फुँयालले मनमोहन विश्वविद्यालयको फार्मेसी ल्यावलाई आफैले औषधी परिक्षण गर्नसक्ने मेघा ल्यावमा स्तरोन्नती गर्न लागेको बताए । उनले देशमा दक्ष फार्मासिस्टहरुको अभावलाई ख्याल गरेर मनमोहनले बीफार्मेसीको पठनपाठन सुरु गरेको र चाँडै व्याचलर अफ नेचुरोपेथी, पब्लिक हेल्थ र केमिकल टेक्नोलोजी बिषयमा पनि स्नातक तहको पठनपाठन गर्न लागेको जानकारी गराए । मनमोहनमा अध्यनगरिरहेका बीफार्मेसीका विद्यार्थीहरु दक्ष फर्मासिस्ट बनेर सेवा दिन सक्षम हुने रजिष्ट्रार फुँयालले विश्वास व्यक्त्त गरे ।
विश्वविद्यालयका कानुनी सल्लाहकार कोषराज न्यौपानेले दक्ष फर्मासिस्टहरु विना समग्र स्वास्थ्य प्रणाली भरपर्दो हुन नसक्ने भएकोले फार्मेसी पेशाको विकृती नियन्त्रण गर्न सरकारले आवश्यक कानुन बनाउनुपर्नेमा जोड दिए । निमित्त परीक्षा नियन्त्रक भीम काफलेले विश्वविद्यालयको परीक्षा प्रणालीलाई गुणस्तरिय बनाउदै समयमै परीक्षाफल प्रकाशित गर्न आफुहरु निरन्त लागिपरिहने बताए ।
हरेक बर्षको २५ सेप्टेम्बरका दिनलाई विश्व फर्मासिस्ट दिवसका रुपमा मनाउने गरिन्छ । मनमोहनमा बी फार्मेसीमा अध्यनरत बिद्यार्थीहरुले कविता र बकृत्वकला प्रस्तुत गरेर सोमवार २५ औ विश्वफर्मासिस्ट दिवस मनाएका थिए । उनीहरुले आगामी दिनमा अझै प्रभावकारी रुपले दिवस मनाउने प्रतिबद्धता पनि जनाए ।

Leave a Reply

Your email address will not be published.