दमक,५ असोज । साहित्य कला सङ्गम दमकले साप्ताहिक रुपमा शुरु गरेको रचना वाचन कार्यक्रम आज ३० ओे श्रृङ्खला पूरा भएको छ । साहित्य कला सङ्गमले शुरु गरेको रचना वाचन कार्यक्रमको ३० औ श्रृङ्खलामा बिष्णुप्रसाद न्यौपाने, यादव प्रसाद अधिकारी झाक्रिखोले ,ओमप्रसाद खनाल, हरि पराजुली ,बिरेन्द्र खडका, मेघनाथ बन्धु, छविराम न्यौपाने,अम्विका प्रसाद सापकोटा, भगवती दवाडी, हिमाल सुब्बा (गुरास ), तिर्थराज राई (किराँती राजा),डा.भिम सुब्बा लगायतका सष्टाहरुलेआफ्ना साहित्यिक रचनाहरु प्रस्तुत गरेका थिए । साहित्य कला सङ्गमका कोषाध्यक्ष ओम प्रसाद खनालले सञ्चालन गरेको उक्त रचना वाचन कार्यक्रमको अध्यक्षता साहित्य कला सङ्गमका अध्यक्ष विष्णु प्रसाद न्यौपानेले गरेका थिए ।