तीज नृत्य प्रतियोगिताको उपाधि सुनाखरी डान्स सेन्टरलाई

दमक, ३० भदौं । शंकर आर्ट फाउण्डेशनले आज दमकमा आयोजना गरेको तीज नृत्य प्रतियोगिताको उपाधि सुनाखरी डान्स सेन्टर वेलडाँगी दमकले जितेको छ ।फाउण्डेशनले आज दमक ८ मा आयोजना गरेको तीज नृत्य प्रतियोगिताका अन्य प्रतिष्पर्धीलाई पछि पार्दै सुनाखरी डान्स सेन्टरले उपाधि जितेको हो । उपाधिसंगै सुनाखरीले रु १०हजारसहित प्रमाण पत्र प्राप्त गरेको फाउण्डेशनका संस्थापक तथा कार्यक्रम संयोजक शंकर बिश्वकर्माले जानकारी दिए ।
प्रतियोगितामा दमक डान्स स्टुडियो दोश्रो ,शहिद धर्मभक्त मावि केर्खा तेश्रो र दमकस्थित बेलडाँगी समूह र नमुना मन्टेश्वरी उर्लावारीले सान्तवना प्राप्त गर्न सफल भएको उनले बताए।दोस्रो पुरस्कार विजेता दमक डान्सले नगद ८ हजार ,तेस्रो पुरस्कार विजेता सहिद धर्म भक्त मावि ,शान्तवना हुनेहरुमा बेलडागी समूह र नमुना मन्टेश्वरीले जनही ५÷५ हजार र प्रमाण पत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा दुई दर्जन जति एकल र समूहमा सहभागी कलाकारहरुले तीज सम्वन्धि नृत्य तथा गायन प्रस्तुत गरेको फाउण्डेशनका कार्यकारी निर्देशक विनोद नेपालीले जानकारी दिए। सो प्रतियोगिता एवम् साँस्कृतिक कार्यक्रमलाई एभरेष्ट बोडिङ् स्कूलको सञ्चालक इन्दिरा प्याकुरेल र सृजना निङ्लेखु लगायतले सहयोग गारेका थिए।

Leave a Reply

Your email address will not be published.