जनविश्वास शाकोसको १५ औ साधारणसभा,सम्मान तथा पुरस्कार

दमक,३० भदौ । दमक -९ प्रधान टोलस्थित जनविश्वास बचत तथा ऋण सहकारी संस्थाले आज शनिवार आफनो १५ औ बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।कन्काई पार्टी प्यालेसमा एक कार्यक्रम गरि संस्थाले उत्कृष्ठ कारोवार गर्ने सदस्यहरुसहित कर्मचारी , जग्गादाताहरुलाई सम्मान गर्नुका साथै संस्थाको प्रस्तुत दुवै प्रतिवेदन पारित गरिएको व्यवस्थापक अशोक श्रेष्ठले बताए ।
दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराईको प्रमुख आतिथ्यतामा आयोजित सभामा संस्थाकी अध्यक्ष मिना श्रेष्ठले सञ्चालक समितिका तर्फबाट अध्यक्षको प्रतिवेदन तथा लेखा संयोजक राजु तामाङद्धारा प्रस्तुत लेखा प्रतिवेदन संस्थाको बन्दसत्रले सुझावसहित पारित गरिएको थियो ।
सभामा संस्थामा गएको वर्ष उत्कृष्ठ कारोवार गर्ने सनमाया श्रेष्ठ,सोनि धिमाल, सुनिता धिमाल, भावनाकुमारी राई,मञ्जरी धिमाल, लिला श्रेष्ठ, खड्ग बहादुर बिक, टिकादेवी बस्नेत, चुनादेवी थम्फरा, रिना श्रेष्ठ, दुर्गादेवी काल,मेनुका अधिकारी, तारा प्रधान, बिहान प्रधान र जेसिका श्रेष्ठलाई सम्मानपत्र र पुरस्कारद्धारा सम्मान प्रदान गरिएको थियो ।
यसैगरि, संस्थालाई जग्गादान गर्ने पुष्टमान श्रेष्ठ, बिन्दामाया प्रधान, बलबहादुर श्रेष्ठ ,लिलाकुमारी श्रेष्ठ र दलबहादुर र नन्दकुमारी श्रेष्ठ दम्पत्तीलाई समेत सम्मान गरियो । यस्तै, संस्थामा उत्कृष्ठ सेवा पुरयाँएवापत कर्मचारी सस्टिका राईलाई नगद तथा प्रमाणपत्रसहित पुरस्कृत गरिएको थियो ।
साधारणसभामा प्रमुख अतिथिसहित कञ्चनजंघा बहुउद्देश्यीय सहकारीका अध्यक्ष मणिकुमार भण्डारी, शिखा शाकोसका उपाध्यक्ष हरि लामा, दमक उद्योग वाणिज्य संघका सदस्य सुबास गड्तौला लगायतले पुरस्कार वितरण गर्नुका साथै साधारणसभा सफलताको शुभकामना मन्तव्य राखेका थिए ।

५५७ जना शेयर सदस्य रहेको सो सहकारीको गएको आर्थिक बर्षसम्ममा शेयर पूंजी ७४ लाख ८७ हजार ४ सय, बचत ५ करोड ६५ लाख ६६ हजार २०९, कर्जा लगानी ५ करोड ७१ लाख २९ हजार ७ सय ५० कारोवार भएको प्रतिवेदनमा उल्लेख छ ।

 

Leave a Reply

Your email address will not be published.