दमक,३० भदौ । दमक २ बेलडाँगीमा बेलडाँगी फुटबल तथा क्रिकेट खेल मैदान निर्माणका लागि स्थानीय सरोकारवालाहरुले प्रयास शुरु गरेका छन् ।शनिबार बेलडाँगीमा दमक २ का वडाध्यक्ष प्रजापति सापकोटाको उपस्थितिमा सर्वसाधारणहरुले त्यहाँस्थित साविक बेलडाँगी १ मा रहेको शिविर क्षेत्रमा खेलमैदान निर्माणका लागि प्रारम्भिक चरणको सरसफाई कार्यक्रम गरेका हुन् ।
समितिका अध्यक्ष असिम राईसहित नगर प्रहरी, इलाका प्रहरी कार्यालय दमकका प्रहरी लगायत ५०, ६० जनाको समुहले खेलमैदानस्थल र शहिदस्मृती वनवाटिका आसपास सरसफाई गरेका हुन् ।
त्यहाँ खेलमैदान निर्माणका लागि राईको अध्यक्षतामा अर्जुन सापकोटा सचिव, टंक लिम्बू कोषाध्यक्ष रहेको समिति गठन गरिएको बताइएको छ । स्थानीय गणेशकुमार राईले त्यहाँस्थित खाली क्षेत्रलाई खेलमैदानका रुपमा बिकास गर्न सकिए सो ठाउँको बिकासमा सहयोग पुग्ने अपेक्षा गरिएको बताए ।