दमकमा एकतर्फी सवारी पार्किङ प्रभावकारी बन्दै

दमक, २८ भदौ । ट्राफिक व्यवस्थापनमा सघाँउ पुरयाँउन उद्देश्यले झापाको दमकमा शुरु गरिएको एकतर्फी सवारी पार्किङ व्यवस्थापन कार्य प्रभावकारी बन्दै गएको छ । गएको भदौ १ देखि शुरु गरिएको सडकको एकतर्फी सवारी पार्किङ व्यवस्थापन प्रभावकारी बनेको हो ।
सहरीकरणका कारण पार्किङ समस्या भएपछि नगरपालिकाले ट्राफिक व्यवस्थापनमा सघाँउ पुरयाउन उद्देश्यले आधा महिना एकतर्फी र अर्को आधा महिना अर्कोतर्फ पार्किङ गर्ने निर्णय कार्यान्वयनमा ल्याएको थियो ।
दुवैतर्फ अव्यस्थित पार्किङ हुँदा दुर्घटना बढेको र सवारीसाधन आवतजावतमा समस्या भएपछि एकतर्फी मात्र पार्किङ गर्दा यसले सडकमा आवागमनमा समस्या देखिन छाडेको दमक नगर यातायात व्यवस्थापन समितिका अध्यक्ष प्रजापति सापकोटाले बताए ।
सवारी साधनको अव्यवस्थित पार्किङको कारण दमकको चौंक वजारका सडक दुर्घटनाको जोखिम हुदै आएकाले पहिलो चरणमा ती जोखिम स्थानका सडकमा सवारी साधन एकतर्फी कार्यान्वयनमा ल्याईएको उहाँको भनाई पथयो । उनका अनुसार एकातिर मात्र पार्किङ गर्दा अर्कातिरको व्यापार व्यवसाय गर्नेलाई असर धेरै हुने भएकाले पनि आलोपालो नियम लगाउँदा व्यापारीबाट पनि विरोध नआएको हो ।
दमक उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल गुरागाईंले पार्किङका लागि सार्वजनिक स्थल तथा खाली ठाउँ नभएका कारण नगरपालिकाले पार्किङ समस्या समाधान स्वरुप शुरु गरिएको एकतर्फी पार्किङ कार्य प्रभावकारी बन्दै गएको बताए ।

उलङघन गर्ने मोटरसाइकलको हेलमेट नियन्त्रणमा
नगरपालिकाले सुरु गरेको एकतर्फी पार्किङको पालना नगर्ने तथा गलत तोकिएभन्दा फरक ठाउँमा पार्किङ गरिएका मोटरसाइकलको हेलमेट नगरपालिकाले नियन्त्रणमा लिन थालेको छ ।
ट्राफिक प्रहरी र नगर प्रहरीले हेलमेट नियन्त्रणमा लिएर कारवाही गर्न थालेको नगरपालिकाले जनाएको छ ।
भदौ १ देखि नगरपालिकाले मुख्य बजार क्षेत्रमा महिनाको १५ दिन एकतर्फी र अर्को १५ दिन अर्कोतर्फ पार्किङको व्यवस्था गरेको छ । पार्किङका कारण बजार क्षेत्रमा समस्या भएको र दुर्घटना समेत भएको भन्दै यो नियम लगाइएको थियो । नियम पालना नगर्नेलाई कारबाही अन्तर्गत नगरपालिकाले जरिवाना पनि गराउँदै आएको छ ।
दमक नगर यातायात व्यवस्थापन समितिका संयोजक प्रजापति सापकोटाले सडक दुर्घटनाको अति जोखिम क्षेत्रमा एकतर्फी पार्किङ कार्यान्वयनमा ल्याइएको बताए । सूचना तथा जानकारी बोर्डहरू राखिएको अवस्थामा समेत अटेर गर्नेहरूको हेलमेट ल्याइएको र जरिवाना तिरेर हेलमेट लैजाने व्यवस्था गरिएको सापकोटाले बताए । हेलमेट नियन्त्रणमा लिएवापत कारवाही स्वरुप रु १ सय रकम असुल गरिआएको छ ।

Leave a Reply

Your email address will not be published.