नेम्वाङको निधनपछि इलाममा शोक बिदा

इलाम, २६ भदौ । संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनसँगै इलामको रोङ गाउँपालिकाले आज मङ्गलबार एक दिन शोक बिदा दिएको छ ।अध्यक्ष नेम्वाङप्रति श्रद्धाञ्जली सहित आज शोक बिदा दिइएको गाउँपालिका अध्यक्ष मनि कुमार स्याङ्बोले शोक वक्तव्य मार्फत जानकारी दिएका छन् । उनको निधनसँगै गृह जिल्ला इलाम शोकमा डुबेको छ ।
नेम्वाङको निधन पछि नेकपा एमाले जिल्ला पार्टी कार्यालय इलाममा एमाले कार्यकर्ताले श्रद्धाञ्जली व्यक्त गर्दै पार्टीको झन्डा भुकाइएको छ । एमालेले पार्टी कार्यालयमा शोक पुस्तिका राखेको छ ।
नेकपा एमालेका उपाध्यक्ष समेत रहेका नेम्वाङको आज विहान काठमाण्डौमा हृदयघातबाट निधन भएको थियो ।
बालुवाटारस्थित निवासमै हृदयघात भएपछि उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । साढे १ बजे हृदयघातपछि अस्पताल पुर्‍याइएका नेम्वाङको बाटोमा अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भइसकेको चिकित्सकले बताएको नेम्वाङका स्वकीय सचिव कृष्ण काफ्लेले बताए ।
एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको सल्लाहपछि उनको पार्थिव शरीर घर लैजाने तयारी छ । नेम्वाङका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

Leave a Reply

Your email address will not be published.