बोलेरोको ठक्करबाट प्रिन्सिपल सुवेदीको मृत्यू

सुरुङा,२५ भदौ । बोलेरोको ठक्करबाट आज साँझ झापाको सुरुङास्थित प्यारागन एकाडेमीका प्रिन्सिपल डिआर सुवेदी (देवराज ) को मृत्यू भएको छ । झापा ट्राफिकका अनुसार लक्ष्मीपुर नजिकै भएको दुर्घटनामा सुवेदीको मृत्यू भएको हो ।
कनकाई नगरपालिका –८ शितल चोकस्थित पूर्व पश्चिम लोकमार्गमा पश्चिमबाट पूर्व आउँदै गरेको ग १ च ३२४८ न.को बोलेरो गाडी र बिपरीत दिशाबाट जाँदै गरेको प्र १–०१–०१३ प १४१७ न.को मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइक चालक कन्काई –४ का ५४ वर्षीय सुबेदी गम्भीर घाईते भएका थिए । उनको तत्कालै उपचारका लागि बिर्तामोडस्थित विएण्डसी अस्पताल पुर्याउनासाथ मृत्यु भएको प्रहरीको भनाई छ ।
दुबै सवारी साधन र बोलेरो चालक पाँचथर हिलिहाङ गापा–७ का ३७ वर्षीय होम प्रसाद सेन्चुरीलाई ईलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिइएको र घटनाका बारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।

Leave a Reply

Your email address will not be published.