दमक ,२५ भदौ । हरितालिका ( तिज ) का अवसर पारेर नेपाली कांग्रेस कमल ६ वडा समितिले सोमबार अग्रज महिलाहरुलाई सम्मानसहित तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।स्थानीय खरेल बशिष्ट आश्रममा एक कार्यक्रम गरि वडाका अग्रज एक दर्जन महिलालाई सम्मानसहित तिज विशेष नृत्य तथा दर खाएर मनोरञ्जन गरि मनाईएको कार्यक्रम संयोजक पुनम बजगाई संग्रौलाले बताईन् ।
यसरी सम्मानित हुनेहरुमा भेषकुमारी दाहाल, शुक्रवती नेम्बाङ,हिमादेवी पोख्रेल, बिन्दादेवी नेपाल, सितादेवी पराजुली, डम्बरकुमारी राया,भद्रकुमारी बिश्वकर्मा, स्वागी ताजपुरिया, मुण्डरी हेमरम,चायो ताजपुरिया,बुधमाया नेम्बाङ र देउमाया पाठक रहेकी छन् । उनीहरुलाई कांग्रेस कोशी प्रदेश सदस्य समेत रहेका कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईलगायतले खादा,सम्मानपत्रद्धारा सम्मान प्रदान गरिएको थियो ।
पार्टीका वडासभापति रोशन दाहालको अध्यक्षतामा भएको तिज विशेष कार्यक्रममा प्रमुख अतिथि पालिका अध्यक्ष राई, जिल्ला सदस्य बिष्णु सुब्बा, क्षेत्रीय सचिव धर्मानन्द भटटराई, जसपा कमलका अध्यक्ष प्रेम कुलुङ राईलगायतले हरितालिका ( तिज ) को शुभकामना मन्तव्य राखेका थिए ।तिज विशेष सो कार्यक्रम वडाका १५० बढी महिलाहरुको सहभागिता रहेको थियो ।
भोलि गौरादहमा तीज कार्यक्रम
यसैगरि नेपाल महिला संघ गौरादह नगर समितिले भोलि मंगलवार तिज विशेष कार्यक्रम गर्ने भएको छ । गौरादह २ स्थित विपी स्मृति भवनमा आयोजना हुने तिज विशेष कार्यक्रममा अग्रज महिलालाई सम्मान तथा प्रतियोगितात्मक तीज नृत्य हुने संघकी केन्द्रीय सदस्य लक्ष्मी बाराकोटी प्रसाईले बताईन् ।