दमक ,१७ भदौ । दमकमा आयोजित इन्टर स्कुल प्रिन्स एण्ड प्रिन्सेस मोर्डन आइकन प्रतियोगिता -२०८० आज सम्पन्न भएको छ ।किङ्स नेपाल क्रियशन् कम्पनीको आयोजना तथा दमकको कन्काई पार्टी प्यालेसमा सम्पन्नमा आइकनमा छात्रतर्फ दमकको सरस्वती माविका अप्सन खनालले उपाधि जितेका छन् । त्यस्तै, पथरी शनिश्चरेको न्यू पेगोडा बोर्डिङ स्कुलका विष्णु कटुवाल र सोही स्कुलका दिप्सन पराजुली क्रमशः दोस्रो र तेस्रो भएका छन् ।
त्यस्तै, छात्रातर्फ दमकको हिमालय माविकी मञ्जिला ढुंगानाले उपाधि हात पारिन् । कमल गाउँपालिकाको ज्योति सेकेन्डरी स्कुलकी सिम्रन खड्का दोस्रो, उर्लाबारीको सप्तकोशी वोर्डिङकी काजल खरेल तेस्रो र दमक आदर्श वोर्डिङकी अनुखा अधिकारी चौथो बनिन् । अनुखाले मिस मल्टिमिडिया अवार्ड समेत प्राप्त गरिन् । मस्ट पपुलर अवार्डमा झापा मोडेल दमकका पायल तामाङ र उर्लाबारीकी विधाता लिम्बू र ट्यालेन्ट अवार्डमा सिद्धार्थ वोर्डिङ दमककी गृष्मा वस्नेतले उपाधि हात पारिन् ।
प्रतियोगितामा प्रथम हुनेले ताजसहित नगद ३० हजार, शिल्ड, मोवाइल सहितका उपहार प्राप्त गरेका छन् । उनीहरुका लागि १ वर्षको छात्रबृत्ती समेत उपलब्ध गराईने आयोजक संस्थाका निर्देशक कृष्ण शाहले जनाए । त्यस्तै, दोस्रो, तेस्रोका लागि क्रमशः २० हजार, १५ हजार नगद, ताज, शिल्ड तथा उपहार प्रदान गरिएको संस्थाका व्यवस्थापक विकल थामीले वताए । प्रतियोगितामा नेहा बजाजले कोरियोग्राफी गरेकी थिइन् ।
मिस ग्रेण्ड नेपाल काठमाडौंका राम केसी लक्की तथा कलाकर्मी डा. मनोज राउत, डा. एनएल राजवंशी, सलिना नेपाल, सुस्कृति नेपाली निर्णायक रहेका थिए । गत साउन ७ गतेदेखि अडिशन शुरु भएको प्रतियोगितामा दमकसहित इलामका विभिन्न स्थान, मोरङको पथरी, उर्लाबारी, विराटचोक ,झापाको गौरादह, केर्खा, दूधे, झिलझिले, सुरुङ्गा लगायतका विभिन्न विद्यालयका दर्जनौ विद्यार्थीहरु सहभागि थिए । १७ वर्ष मुनीका विद्यार्थीहरुको प्रतिभालाई उजागर गर्ने उद्देश्यले सो प्रतियोगिता सम्पन्न गर्न प्याव्सन झापाले सहयोग पुरयाँएका थिए । प्रतियोगितालाई बर्सेनी निरन्तरता दिईने आयोजक संस्थाका निर्देशक साहले बताएका छन् ।