पाडाजुंगीदेखि गौरादहतर्फ जाने सडकका लागि वजेट माग

दमक,१२ भदौ । निर्माणाधिन झापाको कमल गाउँपालिका- ५ स्थित पाडाजुंगीदेखि गौरादहतर्फ जाने सडकमा वजेट माग गदै पालिकाले संघीय सरकारका अर्थमन्त्री डा. प्रकाशशरण महतको ध्यानाकर्षण गराएका छन् ।
पालिका अध्यक्ष हुकुमसिंह राईसहितको एक टोलीले मंगलवार अर्थमन्त्रीकै कार्यकक्षमा भेट गरि त्यस सडकका लागि आवश्यक वजेट माग गरिएको अध्यक्षका स्वीकय सचिव रोशन दाहालले बताए ।
वैकल्पिक सहायक राजमार्ग अन्र्तगतको पाडाजुङ्गी–गौरीगञ्ज चारलेन सडक वजेट अभावका कारण अलपत्र परेको र त्यहाँ धुलो,धुवाँले स्थानीयबासी र सर्वसाधारणहरुलाई हिडडुल गर्न समस्या भएको भन्दै तत्काल कालोपत्र निर्माण पूरा गर्नका लागी ५ करोड ३० लाख रकम ब्यवस्थापन गरिदिन माग गरिएको उनले जानकारी दिए ।
जापानको कृषि अवलोकन भ्रमण पछि काडमाण्डौ झरे लगत्तै धुलाम्मे सडकबाट निस्किने समस्या प्रति संवेदनशील हुदै उनले सरकारका उच्च अधिकारीहरुसंग भेटघाट तीव्र बनाई बजेट माग गर्ने कार्य भईरहेको स्वकिय सचिव दाहालले बताए ।
भेटका क्रममा अर्थमन्त्री डा. महतले यथासिघ्र वजेट व्यवस्थापनका लागि आवश्यक प्रकृया अघि बढाउने प्रतिवद्धता जनाएका थिए । उनले सडक डिभीजन र निर्माण पक्षसंग त्यस सडकका बारे बुझेर यथासिघ्र काम अघि बढाउन आवश्यक वजेटको व्यवस्था गरिदिने मन्त्रीज्यूबाट प्रतिवद्धता आएको  जनाएका छन् ।त्यस सडकमा हालसम्म ५ करोड ५० लाखको काम भई सकेको बाकी काम सम्पन्न गर्नका त्यतिनै वजेट लाग्ने अनुमान गरिएको बताइएको छ ।मन्त्री डा. महत र सरकारी अधिकारीहरुसँगको छलफलपछि अध्यक्ष राईले आफनो फेसबुक वालमा लेखेका छन–‘ वैकल्पिक सहायक राजमार्ग अन्तरगतको पाडाजुङ्गी–गौरीगञ्ज चारलेन सडक अलपत्र परेका कारणले धुलो,धुवाँले स्थानीयबासी र हिडडुल गर्ने मानिस र बिद्यार्थीहरुमा प्रत्यक्ष असर परि स्वास्थ्यमा समस्या भएको र तत्काल निर्माण कार्य सुचारु गर्नका लागि ५ करोड ३० लाख रकम ब्यवस्थापन गरिदिनु हुनका लागि माननीय अर्थमन्त्री प्रकाशशरण महतलाई पुनः आज ध्यानाकर्षण गरियो ।’

Leave a Reply

Your email address will not be published.