१३ भदौमा ओली एण्ड एशोसियटको दमकमा शैक्षिक परामर्श शिविर

दमक,१० भदौ । दमकमा शाखा कार्यालय रहेको ओली एण्ड एशोसियटले यहि भदौ १३ गते यहाँ उच्च शिक्षा अध्ययनका लागि विदेशमा जाने विद्यार्थीलाई लक्षित गरि एक दिने शैक्षिक परामर्श मेला सञ्चालन गर्ने भएको छ ।
उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीलाई उचित परामर्श दिने उद्देश्यले दमक ६ स्थित डिम्याम्स भवनमा ग्लोवल एजुकेशन एक्सपो सञ्चालन गर्ने भएको हो । एशोसियटले आज पत्रकार सम्मेलन गरि शैक्षिक परामर्श शिविरको तयारीका बारेमा जानकारी दिएको छ ।
एशोसियटका दमक शाखा निर्देशक केदारबाबु पौडेलले शैक्षिक परामर्श शिविरमा विश्वका उत्कृष्ठ ठहरिएका कलेजका प्रतिनिधिहरु, बैकिङ क्षेत्रका प्रतिनिधिहरुले विदेशमा अध्ययनका लागि चाहिने विभिन्न विषयमा जानकारीसहित विद्यार्थी तथा उनका अभिभावकहरुसंग परामर्श गर्न सकिने बताए । निशुल्क शिविरमा यस क्षेत्रका एक सय बढी विद्यार्थीहरुको सहभागिता रहने निर्देशक पौडेल बताउँछन् ।
२१ बर्ष अघि स्थापित उक्त शैक्षिक संस्था देशभरिका मुख्य शहरी क्षेत्रमा सञ्चालित छन् । त्यसैअनुसार एशोसियटले काठमाडौ,ललितपुर,पोखरा लगायतका मुख्य शहरमा दश दिन लामो शिविर सञ्चालन गरेको पौडेलले बताए ।विदेशमा एशोसियटले आजदेखि एक महिने शैक्षिक परामर्श शिविर सञ्चालन गरेको उनले बताए ।
उनका अनुसार शिविरमा सहभागि हुने विद्यार्थीका लागि मनोञ्जनका लागि मुभी टिकट, खाद्य छुट, आइएलटिस लगायतका कक्षा अध्ययनका लागि ५० प्रतिशतसम्मका आर्कषक छुटसम्मको अफर ल्याईएको छ ।
उक्त एशोसियटले अष्ट्रेलिया,क्यानडा, अमेरिका, युके, न्यूनिल्याण्ड जस्ता देशका करिव ३ सय बढी केलजमा उच्च शिक्षा अध्ययनका लागि उचित परामर्श लगायतका सेवा प्रदान गरिआएको छ ।

Leave a Reply

Your email address will not be published.