प्रथम त्रिवेणी कपको उपाधि इष्टस्टारलाई

दमक,८ भदौ । दमकमा आयोजित प्रथम त्रिवेणी कप २०८० को उपाधि इष्ट स्टार स्पोर्टिङ क्लवले हात पारेको छ ।विहिबार सम्पन्न फाइनल खेलमा दुवै टिमवीच १÷१ गोल भएपछि खेल ट्राइवे्रकरमा परिणत भएको थियो । ट्राइवे्रकरमा उर्लावारीको व्रदर्श यूनाईटेड क्लवलाई ट्राइवे्रकरमा ४ गोलको विरुद्ध ५ गोल गर्दै इष्ट स्टारले विजय प्राप्त गर्न सफल भएको थियो । प्रतियगिताका विजेता,उपविजेता टिमका खेलाडीहरुलाई दमक नगर प्रमुख रामकुमार थापाले पुरस्कार तथा ट्रफी प्रदान गरेको आयोजक त्रिवेणी क्लवका अध्यक्ष पारस कार्कीले बताए ।
उनका अनुसार प्रतियोगितामा प्रथम र द्वितीय हुनेलाई क्रमशः नगद ५० हजार र ३० हजारसहित प्रमाणपत्र तथा ट्रफी प्रदान गरिएको छ । खेलमा विधागत पुरस्कारहरु ८ जना खेलाडीहरुलाई दिइएको थियो जसमा टपस्कोरर आदित्य तामाङ, वेष्ट डिफेन्डर जंग खड्का, वेष्ट किपर युवराज तामाङ, वेष्ट मिड फिल्डर सुरेश साम्पाङ राई, वेष्ट फरवार्ड मिलन राई, वेष्ट कोच अनिल खड्गी, प्लेयर अफ द टुर्नामेन्ट रोह कार्की र उदयीमान खेलाडीका रुपमा रिजन राईलाई नगदसहित ट्रफी प्राप्त गरेका थिए । दमक -३ दुम्से सिरानस्थित त्रिवेणी खेल मैदानमा गत साउन ३० गतेदेखि शुरु भएको प्रतियोगितामा आयोजकसहित झापा,मोरङर इलामका विभिन्न १० वटा टिमको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published.