अन्तरवस्तु फुटसल प्रतियोगिताको उपाधि जुत्ता तथा चप्पल ब्यवसायीलाई

दमक,७ भदौ । दमकमा आयोजित प्रथम अन्तरवस्तु फूटसल प्रतियोगिता-२०८० को उपाधि जुत्ता तथा चप्पल ब्यवसायी संघले उपाधि जितेको छ ।दमक उद्योग बाणिज्य संघले आफ्नो ३३ औँ स्थापना दिवसको अवसरमा आयोजना गरेको प्रथम अन्तर वस्तुगत संघ फुटसल प्रतियोगिताको फाइनल खेलमा उसले ३-३ बराबरीपछि टाइब्रेकरमा ४-३ गोल अन्तरले उपाधि जितेको हो ।
उपाधिसँगै विजेता टिमले नगद १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता किराना तथा खाद्यान व्यवसायी संघले नगद १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र हात पार्यो ।दमक -५ स्थित बिस्ट फुटसल कोर्टमा बुधबार सम्पन्न प्रतियोगितामा रेडिमेड, अटो मोबाइल्स, सुनचाँदी, मोबाइल व्यवसायी लगायत विभिन्न ८ वटा बस्तुगत टीम सहभागी थिए ।
विजेता र उपविजेता टीमलाई नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गोकुल श्रेष्ठले पुरस्कार प्रदान गरेका थिए । समापन कार्यक्रममा संघका अध्यक्ष गोपाल गुरागाईले व्यवसायीहरुबीच आगामी दिनहरुमा समेत खेलकुद कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेका थिए । यसैवीच एक दिने फूटसल प्रतियोगितालाई थप मनोरञ्जन प्रदान गर्न पत्रकार र आयोजक वीच मैत्रीपूर्ण फूटवल प्रतियोगिताको आयोजना समेत गरिएको खेल संयोजक तुलसीराम तिम्सीनाले बताए ।

Leave a Reply

Your email address will not be published.