सांस्कृतिक संघ दमकको अध्यक्षमा ढकाल

दमक ,३१ साउन । नेपाली कांग्रेस निकट सांस्कृतिकर्मीहरुको संगठन नेपाल सांस्कृतिक संघ दमकको अध्यक्षमा टंक ढकाल चुनिएका छन् ।दमकमा कांग्रेस निकट सांस्कृतिककर्मीहरुको भेलाले ढकाललाई अध्यक्षको जिम्मेवारी प्रदान गरेको हो । ढकाल कांग्रेस नगर सदस्य समेत हुन् ।
स्पष्टवक्ता ,मिजासिला स्वभावका धनी दमक ९ निवासी ढकालले विधानअनुसार कार्यसमिति विस्तार गरि पार्टी संगठन निर्माणमा जोड दिने बताएका छन् ।ग्यास व्यवसायीसंगै आफनै मातापिताको स्मृतिमा उनले लामोसमयदेखि सहुलियत ढंगले एम्बुलेन्स सेवा समेत प्रदान गरिआएका छन् । उनले कतिपय आफना वडाका अतिविपन्न समुदायलाई एम्बुलेन्स सेवा उपलव्ध गराउदैआएका छन् ।

Leave a Reply

Your email address will not be published.