एनसेलहुदै प्रणामी टोल जाने सडक भासिन थाल्यो

दमक,३० साउन । बर्षदिन अघि कालोपत्रे गरिएको दमक ८ स्थित एनसेल हुदै प्रणामी टोल जाने सडक बर्षाका कारण भासिन थालेको छ ।वर्षाका कारण सडकको दुवै किनारमा एक्कासी सडक भासिएपछि जुनसुकै बेला दुर्घटना हुने जोखिम बढाएको स्थानीय बताउँछन् ।
स्थानीय कुमार राईका अनुसार चर्पीबाट तयार गरिने परियोजनाका लागि नाला खनेर बनाएको कालोपत्रे अहिले भासिन थालेको छ । वर्षाले गर्दा सडक सुरुङ्ग खने झै बाटो विग्रन थालेको उनले सुनाए । बाटो भासिन थालेपछि अन्य भन्दा साना बालबालिकाहरु जोखिममा परेको उनको भनाई छ ।
त्यस सडकका आधा दर्जन ठाँउमा अहिले सडक प्वाल परेर सुरुङ्ग बन्दा पनि जनप्रतिनिधिहरु रमिते बनेको स्थानीयको बुझाई छ । बाटोको हालत नाजुक बनेपनि नियमकारी निकाय बेखबर वन्दा आफूहरु मर्कामा परेको उनीहरुको भनाई छ ।
सडक प्वाल परेर आफै भासिन थालेपछि त्यहाँका टोलवासीले आफै मर्मत गर्न थालेका छन् । सडक प्वाल परेपछि त्यस सडक भएर चल्ने सवारी तथा पैदलयात्रीहरु जोखिममा परेको स्थानीय शंकर ढुंगानाले बताए । उनले भने, –‘ढल विछ्याउदाँ बाटो विगारेको र मर्मत गरि कालोपत्र सडक बनाउदाँ झनै यो सडक बर्षामा थप जोखिम बढाएको हो ’
सडक प्वाल परेपछि स्थानीयले जोखिम निम्त्याउने क्षति पुगेका ठाउँँमा माटोले पुर्ने लगायतका मर्मतका काम गरिएको उनले बताए ।त्यस सडकमा कालोपत्रेको काम दमककै वल्र्ड ट्रेड कन्ट्रक्सनले बनाएको हो ।

Leave a Reply

Your email address will not be published.