कनकाई साप्ताहिक नवौ बर्षमा प्रवेश

सुरुङ्गा ,२९ साउन । झापाको कन्काईबाट नियमित रुपमा प्रकाशन हुदै आएको कनकाई साप्ताहिक नवौ बर्षमा प्रवेश गरेको छ ।झापाको सुरुङ्गा क्षेत्रबाट नियमित रुपमा अनलाईन संकरण सहित प्रकाशित हुदै आइरहेको कनकाई साप्ताहिक यस क्षेत्रकै पहिलो अखबार र अनलाईन संकरण हो । पत्रिका प्रेस काउन्सिलबाट (क )बर्गमा बर्गिकृत हुदै आएको छ । पत्रिका र अनलाईन संस्करण नबौ बर्षमा प्रवेश गरेसगै पत्रिकाका सम्पादक प्रकाशक लीलाराज झापालीले आगामी यात्रामा पाठकसामु अझ नौला र ज्ञानवद्धक सुचना र समाचारहरु पस्कने प्रतिवद्धता जनाएका छन् ।

पत्रिका र अनलाईन नबौ बर्ष प्रवेशको अवसरमा सम्पादक प्रकाशक झापालीले सम्पूर्ण पाठक, विज्ञापनदाता, सहयोगी संघ संस्थाका प्रतिनिधि लगायातमा धन्यवाद तथा आभार कृतज्ञता ज्ञापन गरेका छन्। आगामी दिनमा श्रव दृश्य सहितका डिजिटल सामाग्रीका साथमा पत्रिकालाई समेत थप परिस्कृत बनाउदै लैजाने झापालीले प्रतिवद्धता जनाएका छन्।

Leave a Reply

Your email address will not be published.