ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठानमा पुनः खनाल ,ज्येष्ठ बुबाहरुलाई सम्मान

 

दमक,२७ साउन । दमक -८ स्थित ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपाल वडा समितिले ज्येष्ठ बुबाहरुलाई सम्मानसहित आफनो छैठौं बार्षिक साधारण सम्पन्न गरेको छ ।स्थानीय एभरेष्ट अंग्रेजी स्कूलमा आज एक कार्यक्रम गरि ८० बर्ष भन्दा माथीका १० जना ज्येष्ठ बुबाहरुलाई सम्मान गरेको हो । उनीहरुको दिर्घायुको कामनासहित ज्येष्ठ बुबाहरुलाई सम्मान पत्र प्रदान गर्नुका साथै दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
कार्यक्रममा आमा डेन्टल क्लिनिकका तर्फबाट अर्जुनकुमार श्रेष्ठले फलफुल बितरण गरेका थिए भने आकर्षक फेन्सी स्टोरकी सञ्चालक सुनिता ढुङ्गानाले सम्मानित ज्येष्ठ बुबाहरुलाई नगद रु ५०० का दरले सम्मान गरिन् ।
दमक ८ का वडाध्यक्ष धर्म प्रसाद दाहाल,को प्रमुख आतिथ्यतामा भएको साधारणसभामा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष सिताराम खतिवडा,उपाध्यक्ष डोयना दाहाल,केन्द्रीय सदस्य कमलप्रसाद दहाल,केन्द्रीय सल्लाहकार देव प्रसाद सुवेदी ,वडा सदस्य खेम श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
उक्त कार्यक्रममा अध्यक्षवाट प्रस्तुत गरिएको बार्षिक प्रतिवेदन पारित गर्नुका साथै आगामी ५ बर्षका लागि पुनः ओमप्रसाद खनालको अध्यक्षतामा नँया कार्यसमिति चयन गरेको छ । सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्षमा अर्जुन प्रसाईं, सचिवमा तारानाथ भट्टराई,कोषाध्यक्षमा हरिप्रसाद खतिवडा र सदस्यहरुमा जगन्नाथ गोस्वामी,सावित्रा खडका,लोकनाथ अधिकारी,कृष्ण मैनाली र दुर्गादेवी ढुङ्गाना चुनिएका छन्।
कार्यक्रममा प्रतिष्ठानमा आवद्ध एकसय भन्दा बढी आजिवन सदस्यहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.