पूर्वमुख्यमन्त्री कार्की पूर्वाग्राही भए : गौरादह नगर प्रमुख सुवेदी

गौरादह २५ साउन । गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीले कोशी प्रदेशका पूर्व मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गृह नगरमै काम गर्न नसकेको आरोप लगाएका छन् ।कार्कीले निर्वाचन क्षेत्रको विकासमा काम गर्न नसकेको तथा जिम्मेवारीको दुरुपयोग गरेर कतिपय योजनामा लागत अनुमानको दोब्बर रकम हालेको उनको आरोप छ । उनले आर्थिक वर्षमा संघले प्रदेश सरकारलाई हस्तान्तरण गरेका र ठेक्का लागेका ८ वटा मध्ये ४ वटा सडकको नाम नै हटाइएको बताएका छन् । ४ वटा सडकका लागि मात्रै नगन्य रकम बिनियोजन गरिएको बताउदै उनले भने– ‘खरेलडाँडा गौरीगञ्ज सडकलाई २ करोड ७० लाख बिनियोजन भएको छ । यो सडक कार्कीकै वडा हुदै जान्छ । ’
नगर प्रमुख सुवेदीका अनुसार गुराँस चौक चप्रामारी झुनावारी सडक, सितापुरी, रंगपुर स्कूलचौन सडक उपेक्षामा परेका छन् ।सबैभन्दा बढी सार्वजनिक सवारीका साधन गुड्ने सितापुरी रंगपुर स्कूलचौन सडक प्रदेश सरकारले प्राथमिकतामा नराखेको भन्दै सुवेदीले भने– चियादोकान सेतुमारी चैतु चौक सडक, गौरादह शनिश्चरे सडक अहिले प्रस्तावित बजेटमा छैन्, बहुबर्षे कार्यक्रममा राख्न मुख्यमन्त्रीलाई अनुरोध गरेका थियौ, सुनुवाई हुन सकेन । यसअघि यी सडक संघले प्रदेश सरकारलाई हस्तान्तरण गरेको थियो ।’
तत्कालीन मुख्यमन्त्री कार्कीेसँग गौरादह नगरपालिकाले थप ३ वटा सडक माग गरेकोमा कुनै पनि कार्यक्रम नराखिदिएको उनले बताए । तर कार्कीले कुनै कुनै योजनामा भने लागत अनुमान भन्दा बढी बजेट छुट्याएका छन् । गौरादह १ को लालपैनी पुल ५० लाखको अनुमान भएको पुलमा १ करोड रुपैयाँ बिनियोजन गरिदिएको सुवेदीले बताए । सुवेदीले भने– ‘गेउरिया खोला गौरादह ३ र ४ जोड्ने एक करोड प्रस्ताव गरेको ४५ लाख रुपैयाँ बिनियोजन गरिएको छ, बजेट बिनियोजन नगरपालिकाको सिफारिस र आवश्यकताको आधारमा गरिएको छैन् ।’
कार्की सोही क्षेत्रबाट प्रदेश सभामा र सुवेदी नगर प्रमुखमा नेकपा एमालेबाटै निर्वाचित भएका हुन् ।

Leave a Reply

Your email address will not be published.