झापा,१९ साउन । चन्द्रगढीस्थित झापा कारागारका रहेका एक जना कैदीलाई अन्यत्र सरुवा गरेको विरोधमा कैदीबन्दीहरु आन्दोलित भएका छन् । आन्दोलित कैदीबन्दीहरुले आज दिउँसो कारागारभित्र आगजनी गरेका छन् ।
कारागारमा रहेका कैदी मनोज लावतीलाई सुनसरीको झुम्का कारागार सरुवा गर्ने निर्णयको विरोधमा कारागारका कैदीवन्दीहरु आन्दोलनमा उत्रिएका हुन् । कैदीबन्दीहरुले कारागारभित्र नारावाजीमा उत्रिएका छन् । कारागारभित्रबाट धुँवाको मुस्लो उडिरहेको देखिएको स्थानीयले बताएका छन् । भित्रको अवस्था थाहा हुन सकेको छैन् ।भद्रपुर, मेचीनगर र विर्तामोडको दमकल आगो निभाउने प्रयास गरिरहेको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीको ठूलो संख्या कारागार बाहिर तैनाथ गरिएको छ । थप विवरण आउन बाँकी रहेको छ ।